काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा विधेयक प्रमाणिकरण गरेकी छिन् । संघीय संसदले प्रतिस्थापन स्वरुप पारित गरेको विधेयक भण्डारीले प्रमाणिकरण गरेकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५, संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ प्रमाणिकरण भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले दोस्रोपटक वैशाख १३ गते गरी गरेको अध्यादेशलाई प्रतिस्थापन विधेयकका रुपमा ल्याइएको हो । विधेयकलाई बुधबारसम्म पारित गर्नै पर्ने संवैधानिक बाध्यता थियो । सँगै जारीको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक सरकारले अन्तिम समयमा संसदमा दर्ता गरे पनि दलीय विवादका कारण पारित हुन सकेन । देश संचार बाट