विर्तामोड । झापाको जयपुर शनिश्चरे सडक खण्डमा सवारी दुर्घटनामा परी बुधबार अपरान्ह एक मृत्यु भएको छ । स्कुल बस र मोटरसाइकल एक आपसमा ठोकिदा हुदाँ मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक झापा शनिश्चरेका राजेश खनाल रहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाल्मिकी प्रोभिडियन्स स्कुलको मे १ च २०१९ नम्बरको स्कुल बस र राजेश खनालले चलाएको मे ६ प ३५३३ नम्बरको बुलेट मोटरसाइकल ठोकिदा खनालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा बसका चालकलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरी रहेको बताइएको छ ।