धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखामा भूकम्पको परकम्प गएको छ । बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गइसकेका छन् । -रासस

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड