काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमण, मुलुकमा विद्यमान राजनीतिक परिस्थितिको विकास, सरकारका काम कारबाही र पार्टीको सांगठनिक एकीकरणको प्रक्रियाका बारेमा छलफल हुनेछ ।
दुवै अध्यक्षबाट स्थायी समितिको बैठकलाई सम्वोध नहुने र सयुक्त अध्यक्षता गर्ने नेकपाको कार्यालयले जनाएको छ । पार्टी सचिवालयले पार्टीले तयार गरेको नियमावलीबारे छलफल गरी स्थायी समितिबाट सल्लाह र सुझावलिने निर्णय हिजो नै गरेको छ ।
स्थायी समितिको सुझावलाई समेटेर नियमावलीलाई अन्तिम रुप प्रदान गर्ने र त्यसपछि सबै पार्टी कमिटी र जनवर्गीय संगठनको सांगठनिक एकीकरण प्रक्रियालाई तीव्रता प्रदान गरिनेछ । नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको जानकारी दिए ।
अध्यक्षद्वय ओली र दाहालले समसमायिक राजनीतिक विषय र पार्टी एकीकरणको बाँकी प्रक्रियाबारेमा जवाफ दिने कार्यक्रम पनि रहेको छ।










