काठमाडौं– सशस्त्र प्रहरी बलका ५ अतिरिक्त महानिरीक्षकले राजीनामा दिएका छन्। विगत ५ महिनादेखि जिम्मेवारी नपाएका एआइजीहरुले बिहीबार राजीनामा दिएका हुन्।

एआइजीहरु जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजीनामा दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले उनीहरुलाई बढुवा गरेको थियो। प्रदेशमा खटाउने योजनासहित पद थपेर उनीहरुलाई बढुवा गरिएको थियो। तर, हालसम्म उनीहरुले जिम्मेवारी पाएका थिएनन्। सरकारले उनीहरुलाई राजीनामा दिन दबाब दिँदै आएको थियो।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत उनीहरुले राजीनामा दिएका हुन्।

आइजिपी खनालको सचिवालयले राजीनामा आएको पुष्टि गरेको छ। आइजिपी खनालले एआइजीहरुले दिएको राजीनामा गृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका छन्।

सरकारले सशस्त्र प्रहरीमा २ जना मात्र एआइजी राख्ने निर्णय गरिसकेको छ। नेपाल लाइभ बाट साभार