उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निर्देशनमा काठमाडौंबाट आज दिउँसो जुम्ला पुगेको चिकित्सकको टोलीले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षण गरेका डा। जीवन थापा र सुभाष रेग्मीले डा. केसीको स्वास्थ्य अत्तालिनुपर्ने अवस्थामा नरहेको प्रतिक्रिया दिएका छन् ।

स्वास्थ्य परीक्षण गर्न पुगेको चिकित्सकको टोलीलाई डा. केसीले फिर्ता जान आग्रह गरेका थिए । डा. केसीले भने, ‘तपाईंहरु मेरो चिन्ता गरेर यहाँसम्म आउनुभयो त्यसका लागि धन्यवाद । मेरो हेरचाह र उपचार यहीँका मानिसले गर्छन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डा. केसीले फिर्ता जान आग्रह गरेको कुरा स्वास्थ्य मन्त्रालयमा जानकारी गराउँदा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले त्यहीँ बसेर डा। केसीको स्वास्थ्यबारे निरन्तर निगरानी गर्न निर्देशन भएको स्वास्थ्यमन्त्रीका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए । स्वास्थ्य मन्त्री यादवलाई उद्धृत गर्दै चौरसियाले भने, ‘ डा। केसीले फिर्ता हुन भनेपनि तपाइँहरु त्यही बसेर वहाँको स्वास्थ्य परीक्षणमा खटिनुस् । वहाँको स्वास्थ्य विग्रिन नदिने हाम्रो जिम्मेवारी र दायित्व हो ।’ नयाँ पत्रीका बाट