बिष्णुप्रसाद पोखरेल दमक/झापाको दमक नगरपालिकामा दमक साहिय कला महोत्सव २०७५ को भब्य तयारी भइरहेको छ । भाषिक कार्यशाला तथा साहित्य संगोष्ठी सहितको महोत्सवमा देश तथा बिदेशबाट नाम चलेका साहित्यकारहरुको उपस्थिति रहने बताईएको छ ।

आउदो असार २६ र २७ गते गरिन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव मुल संयोजक नरपति पाण्डेले बताए । उनका अनुसार मेची सहकार संस्थाको सबैभन्दा तलको तलामा सम्पर्क कार्यालय समेत सञ्चालनमा रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश नं. १ समाजकल्याण मन्त्री जीबन घिमिरेले महोत्सवको कार्यक्रम उद्घाटन गर्नेछन् । दमक नगरपालिकाको सहयोगमा साहित्यक कला संगम दमकले महोत्सवको आयोजना गर्दैछ ।

ओम प्रकाश गौतमको संयोजकत्वमा प्रचारप्रसार, बिन्दु दाहालको संयोजकत्वमा अतिथि सत्कार तथा सम्मान, खोमप्रसाद बगालेको संयोजकत्वमा आना, आवास तथा मञ्च ब्यवस्थापन, घनब्याम पथिकको संयोजकत्वमा स्वयंसवक परिचालन र खोमप्रसाद बगालेको संयोजकत्वमा आर्थिक उप समितिहरु निर्माण भएको साहित्य कला संगका सचिब विष्णु न्यौपानले बतए ।