झापा । झापाको झापा गाउँपालिका ६ स्थित शरणामतीमा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ६ शरणामती बस्ने ४० बर्षिया रेणुका अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
कलमा जोडेको पानी तान्ने मोटरको स्विच खोल्ने क्रममा अधिकारीलाई करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भीर घाईते भएकी उनलाई उपचारका लागी बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा विहीवारमृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।










