मुस्ताङ सडक मजुर बोकेको ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

उपल्लो मुस्ताङको भेना भीरदेखि जैतुसम्मको सडक निर्माणको काम गरिरहेका मजुरलाई बोकेको टिप्पर दुर्घटनामा परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्यांङबोचे भन्ने स्थानमा खाना खान आएका मजुरलाई बा २ ख २२१९ नम्बरको टिप्परले लिएर जाने क्रममा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।

करिब दुई बजेतिर खाना खाएर काममा फर्कन लागेका मजुर बोकेको टिप्पर सडकबाट ५० ६० मिटर तल खसेको छ, प्रमुख जिल्ला अधिकारी पौडेलले भने,‘१५ जनाको मृत्यु भएको र १२ जना घाइते भएका खबर मलाई आएको छ ।’ काठमाडौं र पोखराबाट घाइतेको उद्दारका लागि हेलिकप्टर आउन लागेको पौडेलले जानकारी दिए ।

उपल्लो मुस्ताङको भेना भीरदेखि जैतुसम्मको सडक निर्माणमा काम गरिरहेका मजदुर बोकेको ट्रिपर घनीमा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक ९डीएसपी० महेन्द्र खड्काले बताए । ‘घटनाको विस्तृत विवरण आएको छैन, फोन सम्पर्क भइरहेको छैन,’ उनले भने, ‘उद्दारका लागि काठमाडौंबाट हेलिकोप्टर आउँदैछ ।’ ट्रिपर दुर्घटनामा धेरै मजदुर घाइते भएको प्रारम्भिक जानकारी मिलेको छ । घटनास्थल मुस्ताङ जिल्ला सदरमुकामबाट करीब ५० किलोमिटर टाढा पर्छ । लोकान्तर बाट