काठमाडौं– नेपाल चिकित्सक संघले संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सीले उठाउँदै आएका चिकित्सा शिक्षासँग सम्बन्धित जायज माग सम्बोधन गर्न सरकारले वेवास्ता गरेको भन्दै विरोधका कायृक्रम घोषणा गरेको छ ।
संघको शुक्रबार बसेको कार्यकारिणी बैठकले डा. केसीको जीवन रक्षाको माग गर्दै आजैबाट लागु हुनेगरी ४ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
बैठकपछि संघका महासचिव लोतचन कार्कीले जारी गरेको विज्ञप्तिमा श्ुक्रबारबाटै देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले कालोपटिट बाँध्ने, असार २४ गते प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तथा संघका उपाध्यक्षलाई अनसन स्थलमा पठाउने तथा ज्ञापनपत्र बुझाएको ७२ द्दण्टाभित्र सरकारबाट सम्बोधन नभए अन्य विरोधका कार्यक्रम घोषणा गर्ने उल्लेख छ । रातो पाटी बाट










