नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को सचिवालय वैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजे बस्ने बैठकमा पार्टीको नियमावलीको विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘पार्टीको कार्यदलले मस्यौदा गरेको विधान सम्बन्धी नियमावलीको सम्बन्धमा छलफलका लागि सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ’, बैठक अघि श्रेष्ठले भने ।

नेकपाले पार्टीको विधान तयार गरिसकेको छ । विधानअनुसार पार्टी सञ्चालन सम्बन्धि नियमावली निर्माणको लागि नेकपाका नेताहरु यतिबेला छलफलमा जुटेका छन् ।

यसअघि विहीबार बसेको स्थायी समिति बैठकमा पनि नेकपाको विधान र नियमावलीको विषयमा छलफल भएको थियो ।