प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको नेकपा केन्द्रीय कार्यालयको बैठक भर्खरै सकिएको छ। पार्टी विधानलाई थप व्यवस्थित र स्पष्ट पार्न तयार गरिएको नियमावलीका सम्बन्धमा छलफलका लागि यसै हप्ता दोस्रो पटक केन्द्रीय कार्यालयको बैठक डाकिएको हो। यसअघि केन्द्रीय कार्यालयको बैठक बुधबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो र लगत्तै विहीबार स्थायी समितिको बैठक आयोजना गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तता र पत्नी सीता दाहालको उपचारका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिङ्गापुर प्रस्थान गरेपछि नेकपाको तल्लो तहमा सम्बन्धी काममा ढिलाई हुदै आएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अघिल्लो हप्ता प्रचण्ड सिङ्गापुरबाट फर्केपछि र प्रधानमन्त्री ओलीले पनि छिमेकी चीन र भारतको भ्रमण सकेपछि दुबै नेताले पार्टी एकताका बाँकी रहेका कामलाई प्राथमिकता दिन थालेका छन् र यसै हप्ता भएका बैठक त्यसैका उपज हुन्।आजको बैठकले गरेको निर्णय भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।