झापा। झापाको कचनकवल गाउँपालिका–३ मा सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा हेमबहादुर भट्टराईकी१५ वर्षीया छोरी स्वस्तिमा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शुक्रबार राति घरमा सुतिरहेको अवस्थामा उनलाई सर्पले डसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रनाउ बस्नेतका अनुसार सर्पले डसेको थाहा पाएलगत्तै उपचारका लागि अस्पताल लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको हो। रासस