बुटवल, २४ असार । स्वस्थ्य जीवनका लागि सबैले आआफ्नो जीवनशैली परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । बुटवलस्थित लुम्बिनी अञ्चल आयुर्वेद औषधालयले शनिबार बुटवल क्षेत्रका स्वास्थ्यकर्मीलाई स्वस्थ्य जीवनशैली कार्यक्रमअन्तर्गत नसर्ने रोगको बढ्दो जोखिम तथा अव्यवस्थित जीवनशैलीका ’मा गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीले जीवनशैली व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आयुर्वेद क्षेत्रका विज्ञले जीवन शैली व्यवस्थित गर्न सकिएमा रोग लाग्नबाट बच्न सहज हुने भएकाले यस’ समुदायलाई सचेतना जरुरी रहेको बताए । जनचेतनाका लागि स्थानीय स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले यस किसिमको कार्यक्रम गरिएको कार्यक्रम संयोजक विष्णुहरि आचार्यले जानकारी गराएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका स्वास्थ्य संयोजक एवं अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा रमेश केसीले बढ्दो शहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरजस्ता नसर्ने रोग अहिले चुनौतीका रुपमा रहेकाले ती रोगबाट बच्नका लागि अपनाउनुपर्ने जीवनशैलीका ’boutमा जानकारी गराएका थिए।

कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका प्रमुख डा विनोद पौडेलले निष्कृय जीवनशैलीले विभिन्न रोग निम्त्याउने भन्दै स्वस्थ्य जीवन बिताउन सचेतना जरुरी रहेको बताए । रासस