दमक । झापाको कमल गाउपालिकामा रहेको वर्क फर नेपाल गरिबी निवारण कार्यक्रम अन्र्तगत सामाजिक सेवामा सक्रिय रहेको छ । यसैक्रममा जीबनका लागि पानी कार्यक्रम अन्र्तगत आइरनयुक्त पानी पीउन बाध्य बालबालिकाहरुलाइ शुद्ध पानी पुर्याउन कसरत रहेको पाईएको छ ।
ट्युवेलको आइरनयुक्त पानी खान बाध्य रहेका झापाको ग्रामिण क्षेत्रको दुइ बिद्यालयमा ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ र अन्य केहि बिद्यालयमा शुद्धिकरणका लागि फिल्टर प्रविधि राखि दिएर बिद्यार्थीहरुलाइ शुद्धा पानीको ब्यवस्था गर्ने काम गरेको वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले बताए ।
गौरादहको बैगुन्धुरामा रहेको अमर माबि र झापा गाँउपालिकामा रहेको कुवाडि माबिमा करिब १० लाख रुपियाको लगानीमा ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ को ब्यवस्था गरेर शुद्ध पीउने पानीको ब्यवस्था गरिएको अधिकारीले बताए ।
आइतवार संघीय साँसद एलपि साँवा र प्रश साँसद झलकसिं दर्लामीको उपस्थितिमा अमर माबिमा उक्त प्लान्ट बिद्यालयलाइ हस्ताण्तरण समेत गरिएको छ । कवाडिको यसभन्दा अगाडि नै हस्ताण्तरण गरिएको बताईएको छ ।
यस कार्यमा ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेप्लोपमेन्ट’ अमेरिकले सहयोग पुर्याएको जनाईएको छ । उक्त संस्थाका जिवा पोखरेलका अनुसार आफुहरुले गरिबी निवारणका लागि झापामा वर्क फर नेपालसंग सहकार्य गरेर काम गरिरहेको जनाए ।











