दमक/ झापाको बिर्तामोडमा सामाजिक मर्यादाक्रमविरुद्धका कार्यमा संलग्न रहेको आरोपमा सातजनालाइ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीले झापाको बिर्तामोड नगरपालिका–१ मा रहेको भ्यू पोइन्ट होटल एण्ड लजबाट सात जनालाई पक्राउ गरेको प्रहरी श्रोतको भनाइ रहेको छ ।
गएराति होटलमा रहेर सामाजिक मर्यादाक्रमविरुद्धका कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई युवतीसहित ७ जनालाइ पक्राउ गरेको बताईएको छ ।










