काठमाडौं– आज बस्ने प्रतिनिधि सभा बैठकमा काङ्ग्रेसका तर्फबाट दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई छलफलको सम्भावित कार्यसुचिमा राखिएको छ ।

संसद सचिवलायका अनुसार कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले “चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगतिलाई समाप्त गर्न, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निवर्तमान सरकारले जारी गरेको अध्यादेशका मूल भावना अनुरुप विधेयक तत्काल ल्याई अनसनरत डा. गोविन्द के.सी. को स्वास्थ्य उपचार गरी जिवन रक्षा गरियोस्” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि तय भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसद बैठक दिउसो १ बजे बोलाइएको छ । संसदको संभावित कार्यसुचिको तेस्रो नम्बरमा उक्त प्रस्ताव राखिएको छ ।

उक्त प्रस्तावको अतहर कमाल मुसलमान र पार्वता डि.सी. (चौधरी)ले समर्थन गर्नेछन् ।

यसअघि गत शुक्रबारको बैठकमा कांङग्रेसका तर्फबाट दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसुचिमा नराखेको भन्दै काङ्ग्रेसले दुई पटक बैठक अवरुद्ध गरेको थियो ।

बैठकमा कांङग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले चिकित्सा शिक्षा विधेयकका विरुद्ध डा. गोविन्द केसी अनसनमा रहेको र उनकोे स्वास्थ्य अवस्था नाजुक भएको भन्दै सो प्रस्तावबारे शुक्रबारै छलफलमा राख्न माग गरेका थिए ।

त्यस्तै आजको अर्को कार्यसुचिमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र संसदीय संसदीय सुनुवाई समितिमा रहनुहुने मा० सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।