काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको राजीनामा मागिएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले सरकारी तलब खाएर जनताको पक्षमा आएको चिकित्सा शिक्षा विधयेकको विरोधमा अनशन बस्ने डा केसीको राजीनामा मागेकी हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘म डा केसीलाई भन्न चाहन्छु। अनशन गरेर समय खेर नफाल्नुस। सरकारी तलबमा होइन राजीनामा दिएर पार्टीको झण्डा बोकेर आउनुस्। कुनै पार्टीको ढाल नबन्नुस्’, उनले भनिन्।

सरकारले ल्याएको विधेयकमा प्रत्येक दुर्गम क्षेत्रमा अस्पताल खोल्न पाउने उल्लेख गरिएको जिकिर गर्दै फेरि पनि नेपाली विद्यार्थीमा विदेशमा पढ्न जाउन भनेर विरोध गरेको हो भनी डा केसीलाई प्रश्न समेत गरिन।

डा केसीको अनशनलाई लिएर संसदमा बहस गरेर समय खेर नफाल्न उनको सुझाव थियो।

चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाको माग गर्दै डा केसी ९ दिनदेखि जुम्लामा अनशन बसिरहेका छन्। सरकारले उपत्यकामा मेडिकल कलेज खोल्न पाउनेगरी विधेयक ल्याएपछि केसीले जुम्ला गएर अनशन सुरु गरेका थिए। नागरिक न्युज बाट साभार