सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

NIC ASIA सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय लिन पनि आफ्नो मन्त्रालय र सचिवलाई सचेत गराएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार काठमाडौंमा आयोजित ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले इन्टरनेट सेवा शुल्क बढाउन खोजेपछि सरकारले के गर्छ भन्ने प्रश्नको जवाफ मन्त्रीले नभई मन्त्रालयले दिनुपर्ने दावी समेत गरे।

इन्टरनेट सेवा शुल्क बढाउने विषयमा ‘आफूलाई धेरै थाहा नहुने’ मन्त्री बास्कोटाको भनाई छ। उनले सरकारको नीतिलाई आवश्यक निर्णय लिएर कार्यान्वयनमा लैजाने काम प्रशासन क्षेत्रको भएको पनि स्मरण गराए।

मन्त्री बास्कोटाले प्रवक्ता र सूचना अधिकारीहरुको भूमिकालाई प्रभावकारी बनाउने गरी प्रविधि र स्रोत, साधनको उचित व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए। स्रोत, साधनको अभावमा सरकारको प्रवक्ताले समेत सूचनालाई प्रभावकारी ढंगले सम्प्रेषण गर्न नसकेको उनको स्वीकारोक्ति थियो।