अाजदेखि देशभर ३ दिन वर्षा हुने भएकाे छ। असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको हाे।

असार २६ गते दिउँसो देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही दिन साँझ केही स्थानमा भारी वर्षाको सम्भावना छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, असार २७ र २८ गते पनि मुलुकभर मौसम बदली रही हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ।

मनसुनी वर्षा अझै मुलुकभर प्रभावकारी हुन नसकेको र यस वर्षाले तत्काल ठूला नदीमा बाढीको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। रासस