प्रिमेश शिवाकोटी रौतहट । रौतहटको गढीमाई नगरपालिकाका मेयर र कार्यकारी अधिकृतसहित पक्राउ परेका पाँचै जनालाई बयान लिई बोलाएको समयमा उपस्थित हुने शर्तमा छाडेको छ । चन्द्रनिगाहपुरस्थित होटल हिमालयनबाट नियन्त्रणमा लिईएका मेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखापाललगायत कर्मचारीलाई पालैपालो बयान लिइएको थियो ।
नगरपालिकाको विभिन्न योजनाको भुक्तानीलगायतको काम होटलमा बसेर गरिरहेको सूचनापछि मेयर श्यामप्रसाद यादव, प्रमुख प्रशासकिय अधिकृत नरबहादुर बिक, लेखापाल विमल मिश्र, नायब सुब्बा करपुरी ठाकुर र कार्यालय सहायक अजयकुमार यादवलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । उहाँले विस्तृत विवरण अख्तियारको हेटौंडा कार्यालयमा पठाउने बताउनुभयो ।










