रासस गौशाला — महोत्तरीको जलेश्वर बर्दिवास सडकखण्डमा पर्ने सरपल्लो बजार नजिकै मंगलबार अपराह्न हतियारधारी समूहले रु १७ लाख २५ हजार लुटेको छ ।

अज्ञात हतियारधारी समूहले मनरासिस्वा नगरपालिका–७ सरपल्लो बजारमा प्रभु मनि ट्रान्सफर सञ्चालक सञ्जित साहको१७ लाख २५ हजार रुपैयाँ लुटेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए । साहले सदरमुकाम जलेश्वरस्थित लक्ष्मी बैंक र प्रभु बैंकबाट लैजाँदै गरेको उक्त रकम दुईवटा मोटरसाइकलमा आएका समूहले सरपल्लो गाउँको दक्षिणपट्टि रहेको पेट्रोल पम्प नजिकै लुटिएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साहलाई पेस्तोल देखाउँदै रकम लुटेर भागेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।