स्वस्थ रहन हरेक कुरामा ध्यान दिन जरुरी छ । खानपानले गर्दा नै हाम्रो स्वास्थ्यमा धेरै फरक हुन्छ ।
उमेर नपुग्दै बुढ्यौलीपन देखिने समस्याबाट बच्ने, कोलस्ट्रोल र रक्तचापको नियन्त्रण हुने तथा शरीरलाई डायबिटिजबाट मुक्त हुन् विभिन्नखालको खानेकुरा सेवन गर्नुपर्छ ।
अंगुरः नियमित अंगुरको सेबनले ब्लड सुगरको तह पनि घटाइदिन्छ । अंगुरमा हुने पेक्टिन नामक तत्वले रक्त प्रबाहमा हुने कार्बोहाईड्रेटको तह घटाइदिन्छ र शरीरलाई मोटोपना हुनबाट बचाउँछ ।
स्याउः स्याउमा शरीरलाई आवश्यक पर्ने फाइबर हुन्छ, जसले शरीरको पाचन प्रणालीलाई सहयोग गर्छ । स्याउमा भिटामिन ए, सी, इ, फस्फोरस, म्याग्नेसियम,पोटासियम लगायत शरीरलाई आवश्यक पर्ने तत्व हुन्छ, जसले शरीरलाई स्वस्थ बनाउछ । स्याउमा हुने एन्टिअक्सिडेन्टले त सम्भावित क्यान्सरबाट बचाउँछ ।
केराः केरा पाचन प्रणालीमा पनि उत्तिकै प्रभावकारी भएकोले नियमित दुईओटा केरा खाँदा कब्जियतको समस्या हुँदैन । पोटास र आइरनको मुख्य स्रोत केराले हेमोग्लोबिनको तहलाई नियन्त्रण गर्छ ।



