काठमाडौं । राष्ट्रियसभाले अर्थ सम्बन्धी ३ वटा विधेयक पारित गरेको छ ।
राष्ट्रियसभाको मंगलबार बसेको दोस्रो बैठकले ‘आर्थिक विधेयक, २०७५’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ‘ऋण तथा जमानत बाइसौं संशोधन विधेयक, २०७५’ बहुमतले पारित गरेको हो ।
बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले तीनै विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक साउन १ गते बिहान ११ बजे बस्नेछ ।










