प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी यसको मातहत विभिन्न अनुसन्धानमूलक निकाय ल्याइए पनि ती निकाय प्रभावकारी बन्न सकेका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीकै रुचिका आधारमा चार महिनाअघि राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो। तर ती निकायको कामकारबाही प्रभावकारी बनाउँदै शक्तिशाली निकायका रूपमा स्थापित गराउन सशक्त पहल थालिएको पाइएको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले पनि ती निकायलाई शक्तिशाली बनाउन खासै ध्यान दिन नसकेको बताइएको आजको अन्नपुर्णपोष्टमा खबर छ ।

प्रधानमन्त्री मातहत ल्याइएका र रहेका अन्य सबै निकायलाई सशक्त एवं प्रभावकारी बनाउन आवश्यक कार्यायोजना छिट्टै ल्याउने प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले बताए।