आज देशको पश्चिम क्षेत्रमा मौसम पूर्णरुपमा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पूर्व तथा मध्य क्षेत्रको मौसम भने सामान्यतया बदलीको अवस्थामा रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

पूर्व तथा मध्य क्षेत्रमा हल्कादेखि मध्यम स्तरको पानी पर्ने देखिएको छ भने पश्चिमका धेरै ठाउँमा मध्यम तथा ठूलो पानी पर्ने सम्भावना रहेको छ । भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दिनभरि नै देशभरको मौसम बदलीको अवस्था नै रहने र खुल्ने सम्भावना रहेको मौसमविद श्रेष्ठले जानकारी दिए । पानी नपरे पनि घाम भने नलाग्ने उनले बताए । बेलुका पनि बदलीकै अवस्था रहने छ । अझै केही दिन मौसम यस्तै रहने देखिएको छ ।