काठमाडौं– काठमाडौंको कलंकी–थानकोट तथा चाबहील–जोरपाटी सडकलाई तत्काल सुधार गरी उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ लगायतलाई बोलाएर यससम्बन्धि निर्देशन दिएका हुन्।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार त्यसक्रममा मन्त्री महासेठले ५० दिनभित्र जनताले महसुस गर्ने गरी सडकमा सुधार गर्ने बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिन्डिकेट अन्त्य भइसकेकाले यातायात समितिहरु खारेज गरी कम्पनीमा रुपान्तरण गर्न आबश्यक कार्यहरु तत्काल सम्पन्न गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्। मन्त्री महासेठले एक साताभित्र कार्यदलले एक साताभित्र प्रतिवेदन दिने र प्रतिवेदन आएलगत्तै सार्वजनिक यातायात क्षेत्रको सुधारलाई अघि बढाइएने जवाफ प्रधानमन्त्रीलाई दिएका छन्।