काठमाडौं– राजधानीको सडकमा आतंक बनेका टिप्पर बेलुका मात्र चलाउन पाइने भएको छ। दुर्घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र उपत्यकाका तीन जिल्लामा टिप्पर चलाउने व्यवस्था गर्न निर्देशन दिएको छ।

उपत्यकाका तीनै जिल्लाका सिडिओ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई मन्त्रालयले बुधबार यस्तो निर्देशन दिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टिप्परको ठक्करबाट हरेक हप्ताजसो राजधानीमा मोटरसाइकल तथा स्कुटरमा सवार व्यक्तिको मृत्यु भइरहेको छ। तिव्र गतिमा लापरबाह तरिकाले चलाउने भएकाले टिप्परका कारण दुर्घटना बढेको ट्राफिक प्रहरी अधिकारीहरु बताउँछन्।