काठमाडौं– नेपाली सेनाको उप सेनानीको भर्नामा फेरि पनि मागभन्दा थोरै मात्र उत्तिर्ण भएका छन्। ४३ जनाको माग भएकोमा अन्र्तवार्ताका लागि १५ जना मात्र छानिएका छन्।

उप सेनानीको बिज्ञापनमा २५ जना लिखित परिक्षामा सहभागी भएका थिए। त्यसमध्ये १५ जना मात्र लिखित परिक्षामा समेत सफल भएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सेनाको भर्नामा लोक सेवा आयोगले परिक्षा लिन थालेपछि मागभन्दा थोरै मात्र उत्तिर्ण हुन थालेका छन्। यसपटक पनि त्यस्तै भएको छ।

सेनाले विगतमा बनाउने पाठ्यक्रम भन्दा लोक सेवाको पाठ्यक्रम फरक हुने भएकाले धेरै अनुत्तिर्ण हुने गरेका छन्।

नयाँ संविधान जारी भएपछि सबै सरकारी निकायको भर्ना आयोगले हेर्न थालेको हो।