भक्तपुर : खोलामा आएको बाढीका कारण भक्तपुरका बस्ती डुबानमा परेका छन्। मनहरा र हनुमन्ते खोलामा आएको बाढीका कारण खोला आसपासका बस्ती डुबानमा परेका हुन्।

इमाडोल र टिकाथलीका बस्तीमा पनि बाढी पस्ने खतरा देखिएको छ। बाढीले छाप्राहरू र विभिन्न सामान बगाएर ल्याएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नरेफाँटस्थित लालीगुराँस बोर्डिङ स्कुल डुबानमा छ। विद्यालय डुबानमा परेपछि सामानहरू सुरक्षित स्थानमा सारिँदैछ। विद्यार्थीहरूको परीक्षा समेत बाढीका कारण रोकिएको छ।

हेर्नुस् फोटोहरू