झापाको चाराआली–केचना सडक खण्ड अन्तरगत खनिएको नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ। नाला डुबेर भद्रपुर नगरपालिका १ हिमाली चोक निवासी राजु तामाङको अढाई बर्षीया छोरी रेविका तामाङको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधवार बेलुका ७ बजे घर छेऊ खनिएको सडक नालामा जमेको पानीमा बालिका डुबेको अवस्थामा स्थानीयले देखेका थिए। डुबेर बेहोस भएका बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। बालिका खेल्ने क्रममा नहरमा पुगेको हुन सक्ने प्रहरीको अनुमान छ।टिभी अन्नपूर्ण बाट










