नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नियमावली पारित गरेसँगै कर्मचारी, शिक्षक र प्राध्यापकले नेकपाको सदस्य हुने बाटो बन्द भएको छ। बुधवार केन्द्रीय सचिवालय बैठकले नियमावली पारित गरेको छ। यस्तै गैरआवसीय नेपाली (एनआरएन)ले पनि सदस्य हुन नपाउने भएको छ। नेकपाको नियमावलीमा नेपाली नागरिक मात्र सदस्य हुने व्यवस्था गरिएको छ।

नागरिकता ऐनले विदेशी नागरिकता लिएका नेपालीको नागरिकता स्वतः खारेज हुने व्यवस्था गरेको छ। उक्त व्यवस्था खारेजीका लागि सर्वोच्च अदालतमा रिट परे पनि सर्वोच्चले खारेज गरिदिएकाले एनआएनलाई नेकपाको सदस्य हुने बाटो बन्द भएको नेकपाका केन्द्रीय सदस्य तथा नियमावलीलाई अन्तिम रूप दिन गठन गरिएको कार्यदलका सदस्य खिमलाल देवकोटाले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टिभी अन्नपूर्ण बाट