जथाभावी तार टाँगेर शहरलाई कुरुप बनाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई काठमाडौं महानगरपालिकाले नियन्त्रणमा लिई सचेत गराएको छ ।

तार जडान गर्ने क्रममा अरूको तार काट्ने र आफ्नो तार जडान गरेको, जथाभावी तार टाँगेर शहरलाई कुरुप र जोखिमपूर्ण बनाएको भन्दै कामपा–१६ ले तीन वटा इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई नियन्त्रणमा लिई आगामी दिनमा यसो नगर्न निर्देशन दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालाजु बाइपास क्षेत्रमा तारको काम गरिरहेको बेला कामपा–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निर्देशनमा प्रतिनिधिमूलक तीन जना कर्मचारीलाई नियन्त्रणमा लिई आफ्नो काम गर्ने क्रममा अरूलाई असर नपु¥याई सुन्दर शहरलाई जोगाउन सचेत गरिएको छ । यसरी नियन्त्रणमा लिइएका कर्मचारी वल्र्ड लिंक, भायोनेट र नेट म्याक्सका थिए ।

आज बिहान ११ बजे, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएशन अफ नेपालका कोअर्डिनेटर विनोद जोशीको नेतृत्वमा कम्पनीका प्रतिनिधि वडा कार्यालय पुगेर वडाध्यक्षसँग आफ्ना समस्या बुझिदिन आग्रह गर्दै आगामी दिनमा शहरको सन्दरतालाई जोगाउने कार्यमा आफूहरु लागिपर्ने बताएका थिए ।

आफू कहाँ आएका इन्टरनेट सेवा प्रदायकको कुरा सुनेपछि वडाध्यक्ष रिजालले शहरी सुरक्षाका लागि हामीले राखेको सिसिटिभी क्यामराको तार छुटेकाले यी सबै व्यवस्थापन गरेर मात्र काम अघि बढाउनुपर्छ भन्नुभयो । रासस