काठमाडौं । सरकारले अबिरल बर्षासंगै आईपर्न सक्ने सम्पुर्ण विपद् व्यवस्थापन तथा न्युनिकरणका लागि कुनै पनि कसर बाँकी नराखि काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

विहिबार गृहमन्त्रालयमा बसेको विपत व्यवस्थापन र न्युनिकरण संग सम्बन्ध राख्ने सरकारी निकायका पदाधिकारी सम्मिलित बैठकमा गृहमन्त्री राम बहादुर थापाले विपतको तत्काल सम्बोधन गर्र्ने गरि सम्पुर्ण रुपले तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गृहमन्त्री थापाको अध्यक्षतामा बसेको बैठकले विपत जोखिम न्युनिकरणका लागि आवश्यक पहल गर्दै प्रभावितको तत्काल उद्धार, राहत तथा आवश्यक बन्दोबस्तीको व्यवस्था मिलाउनका लागि आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिएको हो । बैठकमा सहभागी विपत जोखिम न्युनिकरण महाशाखाका सहसचिव केदार बहादुर न्यौपानेले राहत र उद्धारका लागि गाउपालिका, नगरपालिका, प्रदेश सरकार लगायतसंग आवश्यक समन्वय गरि आवश्यक उपकरण र जनशक्तिलाई तयारीमा राख्ने निर्णय भएको जानकारी दिनुभयो । सरकारले विपद व्यवस्थापनका लागि आवश्यक तयारी गरेको भन्दै उहाँले जस्तो सुकै विपतका लागि पनि आवश्यक उपकरण, जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको बताउनुभयो ।

मन्त्रालयले मौसम पुर्वानुमान सम्बन्धी आवश्यक जानकारी र पुर्व चेतावनीयुक्त सन्देश दिई सर्वसाधरणलाई सर्तक र सचेत बनाउने कार्यक्रम पनि गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

राहत सामाग्री वितरणमा भने एकद्धार प्रणाली अपनाउन मन्त्रालयले सबैलाई अपिल गरेको छ । मन्त्रालयले केन्द्रमा गृहमन्त्रालय, प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहमा जिल्ला विपत व्यवस्थापन समितिका प्रमुख प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी राहत वितरणमा सहयोग पुर्याउन तथा अनावश्यक चन्दा संकल गर्ने ÷गराउने काम नगर्न तथा त्यस तर्फ सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ ।

केहीदिन यता मुलुकका विभिन्न स्थानमा परेको अबिरल बर्षापछिको बाढी र पहिरोबाट मानविय तथा भौतिक सम्पत्तिको क्षति हुनुको साथै जनजीवन प्रभावित भएको छ । गएरातीको बर्षाबाट भक्तपुरका अधिकांश स्थान डुबानमा पर्नुको साथै काभ्रे, बनेपा लगायतको जनजीवन नराम्रो संग प्रभावित भएको छ । त्यसैगरी राजधानी बाहिरका पहाडी र तराईका जिल्ला पनि प्रभावित भएका छन् ।