बाजुरा– बाजुरामा आज बिहान ८ः५८ बजे ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिए। उनले सो क्षेत्र आसपासका सबैलाई सतर्क रहन आग्रह गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भूकम्प गएपछि सदरमुकाम मार्तडी लगायत छिमेकी जिल्लाहरुमा समेत धक्का महशुष गरिएको थियो। रासस