बलिउड अभिनेता सलमान खानसहितका भारतीय कलाकारलाई नेपाल ल्याउने भनेर टिकट बिक्री गरी ठगी गरेको आरोपमा प्रहरीले अाेडिसी इन्टरटेनमेन्टका सीमान्त गुरुङलार्इ पक्राउ गरेकाे छ।

महानगरीय अपराध महाशाखाले नेपाली इभेन्ट कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिका सिमान्त गुरुङलाई पक्राउ गरेको हो।

ओडिसीले सलमानसहित नायिका सोनाक्षी सिन्हा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावल लगायतका कम्तीमा पाँच दर्जन कलाकार नेपाल ल्याउने भन्दै सर्वसाधारणबाट करोडौं उठाएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले ठगी मुद्दामा फरार रहेका गुरुङलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको बताए। गत वर्ष फागुन २६ गते काठमाडौं टुँडिखेलमा कार्यक्रम स्थगित भएको थियो।