सिंहदरबार पश्चिम तर्फको २ नम्बर गेट अगाडि रहेको बिजुलीको खम्बामा फेरी आगलागी भएको छ ।रामशाह पथअन्तर्गत बिजुलीको पोलमा शुक्रबार करिब ३ बजे आगलागी भएको हो । आगो करिब १५ मिनेट लागेको थियो ।
आगलागीका कारण ट्रान्समिटरमा क्षति पुगेको छ। आगो सिंहदरबारभित्र रहेको नेपाली सेनाको दमकलको सहायताले निभाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। आगलागीपछि उक्त क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ। केही दिन अघिमात्र सिंहदरबार गेटकै अघि बिजुलीको पोलमा आगो लागेको थियो ।










