छोराको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै बीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छिन् । शुक्रवार कानुनमन्त्री शेर बहादुर तामाङ र मानवअधिकारकर्मीको रोहबरमा उनी अनसन स्थगित गर्न सहमत भएकी हुन् । उनका माग पुरा गर्न सरकार प्रतिवद्द रहेको बताएपछि १० दिनका लागि अनसन तोडुने सहमति भएको हो । १० दिन भित्र आफ्ना माग पुरा नभए पुनःअनसन बस्ने उनले बताएकी छिन् । छोराको हत्यारालाई कारबाहीको माग गर्दै गत जेठ १५ देखि उनी वीर अस्पतालमा आमरण अनशनरत थिइन् । गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका छविलाल पौडेलले गत आइतवार आत्मसर्मपण गरेका थिए । उनलाई आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको हो। ०६१ जेठ २४ गते उनका छोराको हत्या भएको थियो । छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशन बसेका पिता नन्दप्रसादको अनशनरत अवस्थामै मृत्यु भइसकेको छ । नन्दप्रसादको शव अहिलेसम्म शिक्षण अस्पतालमै छ ।
गंगामायाको अनसन स्थगित
सवाल नेपालसंवाददाताशुक्रबार, २८ असार २०७५

गंगामायाको अनसन स्थगित
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



