काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । शुक्रबार नेकपाका तीन नम्बर प्रदेशका सांसदहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘एउटा निहुँ झिकेर दुईजना सांसद ठिँग उभिँदा संसदका सबै गतिविधि अवरुद्ध हुने हुनु हुदैन’ उनले भने– ‘नेपाली काँग्रेसले झिनामसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिँग उभिने । अनि संसदको कारबाही अवरुद्ध हुने ? अब यस्तो हुँदैन । दुईचार जना मान्छेले गलत नियतले उभिँदा संसद रोकिदैन ।’ प्रधानमन्त्री ओलीले देश विकास र जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्नु नहुने स्पष्ट पारे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने– ‘हामी दुई तिहाइ बहुमतमा छौं । हाम्रा माननीयहरुले विकासका कुरा संसदमा जोडदार उठाउनुपर्छ । आफ्ना अडानमा बसेर कुरा राख्नुपर्दछ ।’ सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले साउन महिनाभित्रै सबै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने बताए ।

भेटघाट कार्यक्रममा सांसदहरु कृष्ण्भक्त पोख्रेल, रामनारायण विडारी, पार्वत गुरुङ, विरोध खतिवडा, महेश बस्नेत, कृष्णरज दाहाल, अन्जना बिशंखे, बिमला पौडेल राई, सुजिता शाक्य, कृष्ण राई, हितबहादुर तामाङ, गोमा देवकोटा लगायतले समसामयिक विषयका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । रातो पाटी बाट