सुर्खेत-विगत १४ दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । चिकित्सा शिक्षालाई सर्वसुलभ बनाउनुपर्ने माग राख्दै अनसन थालेका डा. केसीको तौल घट्नुका साथै स्वास्थ्य समस्या झनै जटिल बन्दै गएको हो।
धेरै दिन भोके पेट बस्दा डा. केसीको ९ केजी तौल घटेको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा. पुजन रोकायले बताए।
उनका अनुसार डा. केसीलाइ टाउँको दुख्ने, छाति दुख्ने, मुटुको गति बढ्ने, रगतमा अक्सिजनको मात्रा कमी देखिएको छ। ‘धेरै दिन खाना नखाँदा रक्तकोषको मात्रामा कमी आँएको छ’ डा. रोकायले भने,‘शरीरमा सञ्चित बोसो पग्लेर मांसपेशी पनि टुक्रिन थालेका छन्।’
सहयोगी किरण केसीले डा. केसीको छाती दुख्ने समस्या कायमै रहेको बताए। ‘डा. केसीले कुनै प्रकारको औषधी लिन मानिरहुनभएको छैन्’ उनले भने, ‘दैनिक रगत जाँच र नर्मल स्लाइ बाहेक अन्य उपचार र औषधी गरिएको पनि छैन।’
सरकारले माग पुरा नगरेसम्म जुम्लाबाटै आन्दोलनलाइ निरन्तरता दिने केसीको अडान कायमै रहेको उनले जानकारी दिए।
‘सरकार डा. केसीका मागप्रति जवाफदेही बनेको छैन्’ डा.केसीलाइ उद्दृत गर्दै उनले भने, ‘वार्ता टोलीसमेत गठन गर्न नसक्नु सरकारको लापरवाही हो।’ उनले डा. केसीलाई कुनैपनि हालतमा काठमाडौं गएर वार्ता नगर्ने बताए। देशसन्चार बाट










