धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ परेवादिनमा एक बृद्धाको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ घरमा कोहि पनि नभएको मौका छोपी ६० बर्षिय नरमाया लिम्वुलाई सोही ठाउँ बस्ने १९ बर्षिय रोहित लिम्वु र १६ बर्षिय शुक्रराज लिम्वुले कुटपिट गरी बृद्धाको साथमा भएको डेढ तोला सुनको गहना लुटेर भागेका थिए ।
घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी सिधुवाबाट टोली खटिई गई घटनामा संलग्न दुबै जनालाई गहनासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । कुटपिटबाट गम्भीर घाईते बृद्धालाई उपचारका लागी धरानस्थित विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ ।










