विराटनगर– मोरङको मिक्लाजुङ गाउँपालिका ५ स्थित धानखेति भन्ने स्थानमा माछा मार्न खोज्दा डुबेर एक महिलाको मृत्यु भएको छ।

मौवाखोला गाउँपालिका १ बस्ने अनिश तामाङकी श्रीमती २७ वर्षीया शर्मिला राईको सोल्टी खोलामा डुबेर मृत्यु भएको हो। माइत आएका बेला उनी खोलामा माछा मार्न गएको स्थानीयले जानकारी गराएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डुबेर गम्भीर बनेकी उनलाई उपचारका लागि उर्लाबारीमा लगिएको थियो। उपचारकै क्रममा राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। नेपाल लाइभ बाट