पोखरा– २२ दिनदेखि बेपत्ता रहेका पोखरा लेखनाथ महानगरपालिका सामाजिक महाशाखाका वरिष्ठ सूचना अधिकृत ओमराज पौडेलको शव फेला परेको छ। उनको शव तनहुँ भिमादको सेती नदी किनारमा फेला परेको हो।
वरिष्ठ सूचना अधिकृत पौडेल असार ९ गते बिहानदेखि सम्पर्कविहीन थिए। हराएको २२औँ दिनमा उनको शव भिमादमा फेला पारिएको प्रहरीले जानकारी दिएको छ। शव पहिचानपछि प्रहरीले मुचुल्का उठाएको छ। मुचुल्का गरेपछि उनको शवलाई पोस्टमार्टम गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइने छ।
असार ९ गते शनिबार बिहान करिब ५ बजेको समयमा घरबाट ‘मर्निङ वाक’मा निस्किएका उनी सम्पर्कविहीन थिए। सम्पर्कविहीन भएलगत्तै कास्की प्रहरीसहितको उद्दार टोलीले उनलाई सेती किनारमा खोजी गरिरहेको थियो
नेपाल लाइभ बाट साभार









