झापा । झापाको कनकाई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु भएको छ ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र नगरपालीकाको अगुवाइमा प्रमुख आवास कार्यक्रम शुरु भएको हो ।
४१ लाखको लागतमा नगरपालिका–७ स्थित रेडक्रस टोलमा १५ परिवारका लागि घर निर्माण शुरु गरिएको हो ।
२०५० सालभन्दा पहिलादेखि नगरपालिकाभित्र बसोबास गर्दै आएका तथा जमीन र घर नभएका परिवारलाई घर निर्माण गरेर राखिने जानकारी दिइएको छ । यस्ता परिवारको पहिचानका लागि नगरका नौवटै वडामा प्रतिनिधि खटाइएको नगरप्रमुखले जनाएका छन्।
पहिलो चरणमा कनकाई–७ मा तीन कट्ठामा १५ परिवारका लागि पक्की घर निर्माण गरिने वडा नं ७ का वडाध्यक्ष लीलाबहादुर कन्दङ्वाले जानकारी दिएका छन् ।
प्रमुख आवास कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थालाई समेत सहभागी गराएरनगरपालिकाभित्र सुकुम्वासी र घरवारविहीनको संख्या रहुञ्जेल कार्यक्रमले निरन्तरता पाइरहने बताइएको छ ।










