काठमाडौं- मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २० जनाभन्दा बढी अधिकारकर्मी बालुवाटारबाट पक्राउ परेका छन्।

निषेधित क्षेत्र फिर्ता तथा अनसनरत डा गोविन्द केसीको पक्षमा प्रदर्शनमा रहेका उनीहरुलाई केहीबेरअघि प्रहरीले पक्राउ गरेको हो। मानअधिकार तथा शान्ति समाजको अगुवाइमा उनीहरु प्रदर्शनमा रहेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वतन्त्रताको रक्षा गर्न सरकारसँग अपिल गर्दै मंगलबार पनि सिंहदरबार अगाडि धर्नामा बसेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सरकारले काठमाडौंका विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्नेलगायतका निर्णय गरेपछि त्यसको विरोधमा उनीहरले दैनिक प्रदर्शन गर्दै आएका छन्।