प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले १५ हजार रुपैया बोत्तलको पानी कहाँ किन पाइन्छ भन्दै प्रश्न गर्नु भएको छ । अखिल नेपाल महिला संघले पार्टीका प्रनिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दिनमा ६० हजारको पानी पिउछ भनेर लेख्ने सञ्चारकर्मी प्रति लक्षित गर्दै भन्नुभयो, हैन मैले त वाग्मती नै पिउछु की क्याहो, कोशी नै पिउछु की क्या हो । १५ हजार बोत्तलको पानी पिउछन् भन्ने सुनियो । १५ हजार बोत्तलको पानी कहाँ किन्न पाईन्छ मलाई थाहा छैन । मैले त १५ हजार बोत्तलको पानी किन्न पाइन्छ भनेको सुनेको पनि छैन तर अव विद्धान पत्रकार होलान, कोही कसैले थाहा नपाएका यस्ता कुरा कसरी थाहा पाउछन ? तिनका बिद्धतालाई पनि मान्नैपर्छ ।

कार्यक्रममा बोल्दै उहाँले महिला सांसदहरुले हरेक हिसावमा आफुलाई सक्षम बनाउनुपर्नेमा जोड दिनुभएको छ । महिला सांसदको भुमिका संसदमा प्रभावकारी हुनुपर्नेमा पनि प्रमको जोड थियो । कुशल सक्षमताको हिसावले मात्र समयमा काम हुने बताउँदै उहाँले त्यस अनुशारको प्रस्तुती भएन भने आलोचना हुनेमा जोड दिनुभयो । अघिपछि ठुलो र सानो र वरावरका कुनै ढकले पनि तर्क गर्न सक्छ, त्यो भन्दा म भारी छु भनेर तराजुमा हाल्दा खेरी बास्तविकता के हो थाहा हुन्छ उहाँले भन्नुभयो । महिला सांसदहरुलाई निर्देशन दिदै प्रधानमन्त्रीले भन्नुभयो तपाईहरु तराजुमा चढनु भएको छ, तपाई चढेको तराजु लचक्क हुनुपर्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महिलाले आफनो क्षमता अहिल्यै बनाउनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले अर्को पुस्ताले गर्ला भनेरे प्रतिक्षा गर्ने समय नभएको बताउनुभयो । हामी अहिल्यैकै टिमले नै महिला शशक्तिकरणको पक्षमा नमुना कामह? गर्नुपर्छ । महिला हकहितका पक्षमा प्रभावकारी र नमुना हुने काम गर्नुपर्छ प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले महिला नेतृह?लाई बिषयमा गहन अध्ययनका साथ बिषय केन्द्रित भएर बोल्ने अभ्यास गर्नपनि सभासदह?लाई निर्देशन दिनुभयो । अखिल नेपाल महिलासंघद्धारा आयोजित योगमाया न्यौपाने सामाजिक आन्दोलन सय वर्ष पुरा भएको अवसरमा नवनिर्वाचित संघिय महिला सांसदहलाई बधाई तथा शुभकामना दिंदै प्रधानमन्त्री केपीशर्मा ओलीले त्यस्तो आग्रह गर्नुभएको हो । महिला सांसदह? आधुनिक योगमाया बनेर देश र जनताको सेवा गर्न पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो अहिले दुनिया बदल्ने जिम्मा हाम्रो हो । आज राणा शासन छैन, तानाशाही छैन । आज हिजो जस्तो बषैसम्म जेलनेल पनि बस्नुपर्ने छैन, हिजो जस्तो यातना सहनु पर्ने पनि छैन यस्तो ठाउँमा पुग्नुभएको छ त्यही भएर त्यस अवसरको भरपुर उपयोग गर्नुस् । चक्रपथ बाट