नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि फेरी सुकुटे पुगेका छन् । प्रचण्ड आरामका लागि भन्दै शनिवार परिवारसहित सिन्धुपाल्चोकको सुकुटे पुगेका हुन् । उनी बेला बेलामा आरामका लागि भन्दै सुकुटे पुग्ने गरेका छन् । प्रचण्ड सुटुक्क सुकुटे पुग्नुलाई महत्वका साथ हेर्ने गरिएको छ । उनको प्रत्येक पटकको सुकुटे भ्रमणपछि नेपाली राजनीतिमा केही न केही परिवर्तन भएको यसअघिका घटनाले देखाएका छन् । तत्कालिन माओवादी लडाकुका कन्टेनरको साँचो विषेश समितिलाई बुझाउने विषयले पार्टी भित्र विवाद चर्के पछि पनि उनी सन २०११ सेप्टेम्बर २५ मा सुकुटे पुगेका थिए ।

त्याँबाट फर्केपछि कन्टेनरको साँचो विशेषसमितिलाई बुझाइएको थियो । यसअघि प्रधानमन्त्री केपी ओलीसँग एकताका विषयमा छलफल छाडेर पनि उनी सुकुटे पुगेका थिए । उनी फर्केपछि पार्टी एकताले मुर्त रुप लिएको थियो । उनी जब राजनीतिक तनावमा हुन्छन्, त्यसवेला आराम गर्न सुकुटे पुग्ने गरेका विगतका उदाहरण पनि छन् । तर उनी सुकुटे पुगेर फर्केपछि नेपाली रानीतिमा पनि केही न परिवर्तन भएको छ । अहिले पार्टीका तल्ला तहको समायोजन हुन बाँकी छ । यही विषयमा छलफल पनि चलिरहेका बेला उनी सुकुटे पुगेका छन् । उनको यो पटकको सुकुटे यात्राले नेपाली राजनीतिमा के पर्भाव पार्छ त्यो भने देखिदै जानेछ । टिभी अन्नपूर्ण बाट