सहबान अन्सारी
नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) नारायणी नदिमा डुबेर एक बालक बेपत्ता भएका छन् । सुस्ता गाउपालिका वडा नम्बर ५ बलिनगर बस्ने केश कुमार कुर्मीका छोरा अन्दाजी १२ बर्षिय विशाल कुर्मी बेपत्ता भएका हुन । नारायणी नदिको ठोकर संख्या ५ ठाडीघाटमा करिब ४ को समयमा नारायणी नदिको पानीको बहाव हेर्ने क्रममा उक्त बालक नदिमा डुबेर बेपत्ता भएका हुन । हाल बेपत्ता बालकलाई प्रहरी र स्थानीयहरुको सहयोगमा खोजी कार्य भईरहेको रामनगर प्रहरी चौकीले जानाएको छ । बर्षातको समयमा नदिमा पानीको बहाव तिब्र भएको हुदाँ स्थानियहरुले दाउरा निकाल्नको साथै बालबालिकाहरुले हेर्न जान गरेका छन उक्त नदिमा पानिको बहावले तिब्र भएको हुदाँ मानिसहरुको लागी खतरा युक्त ठाँऊ मानिन्छ । साथै हरेक बर्ष कैयौं बालबालिकाहरु नदिमा डुबेर बेपत्त हुदै आएका छन ।










