परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम भएको पाइएको छ। जनचेतना कमी, गोपनीयता नहुने र वैदेशिक रोजगारका कारण उनीहरुमा यसको प्रयोग न्यून भएको हो। वैदेशिक रोजगारीका कारण नवविवाहित दम्पती लामो समयसम्म छुट्टियर बस्ता यिनीहरुबीच यौनसम्पर्क नहुँदा साधन प्रयोगमा युवाको तथ्यांक न्यून देखिएको विशेषज्ञ बताउँछन्। परिवार स्वास्थ्य महाशाखाको तथ्यांकअनुसार नेपालमा १५ देखि १९ वर्गाका विवाहित किशोरीमध्ये १५ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने गरेको पाईएको छ। विवाहित महिला मध्ये ५३ प्रतिशतले भने परिवार नियोजनका साधन अपनाइरहेका छन्। विशेष गरी प्रदेश ४ र ५ मा यसको प्रयोग अत्यन्तै न्यून छ। यो प्रदेशमा ३८ प्रतिशतले मात्रै प्रयोग गर्ने गरेको महाशाखाको तथ्यांक छ।