कान्ति न्याैपाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति आफूले निकै उतारचढाव व्यहोरेको बताउनु भएको छ । अध्यक्ष दाहालले आइतबार शहीद विष्णु चौलागाईको १५औं स्मृतिमा आयोजित कार्यक्रममा त्यस्तो अनुभव राजनीतिमा अरुले बिरलै भोग्ने बताउनुभयो राजनीतिमा मैले अनेकौ उतरचढाव व्यहोरेको छु’ उहाँले भन्नुभयो, ‘जनयुद्धदेखि शान्ति प्रकृयासम्म आइपुग्दा मेरो जीवनमा धेरै आँशु र खुशीको क्षण आए । मैले आँशु र खुशीलाई नजिकबाट अनुभव गर्ने मौका पाएँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष दाहालले मुलुकमा पहिलो पटक कम्युनिष्टको सरकार बन्दा बासिन्दामा उत्साह छाएको बताउनुभयो । ‘ एमाले र माओवादी केन्द्रदेखि स्थानीय तह सबैमा कम्युनिष्ट सरकार बनेको छ’ उहाँले भन्नुभयो, ‘एमाले र माओवादी केन्द्रबीचको एकताकै कारण त्यो संभव भएको हो । जनताले हामीलाई तिमीहरु एक हुनैपर्छ भने । जनताको आदेश अनुसार एकता हामी एक भयौै । लामो समयदेखि विभाजित भएका कम्युनिष्टलाई एक गराएको छ यसबाट बासिन्दा उत्साहित भएका छन् । हामीलाई गर्व छ । यसमा शहीदहरुको त्याग र बलिदान पनि जोडिएको छ । एकताकै कारण मुलुकमा युगान्तकारी परिवर्तन भएको छ । मुलुकको यो परिवर्तन हाम्रो जीवनमरणसँग जोडिएको छ । ’

उहाँले केही शक्ति अहिले पनि एकता फुटाउन सक्रिय भइरहेको खुलासा गर्नुभयो ।

‘अहिले हामीले एकता गरेका छौ । एउटा वर्गलाई यो एकता पटक्कै मन परेको छैन । उनीहरु अझै पनि यसलाई फुटाउन चाहन्छन् । हामीबीच कुनै सानो तिनो गल्ती भयो भने त्यसलाई पहाड बनाएर प्रचारप्रसार गर्छन् ।’

अध्यक्ष दाहालले एकतापछि मुलुक समृद्धिको दिशामा अगाडि बढेको उल्लेख गर्नुभयो । ‘राजतन्त्रको अन्त्यको लागि हामीले ५० वर्षको तयारी गर्यौ । युद्ध समेत गर्नुपर्याे उहाँले भन्नुभयो, ‘हामी अब समाजवादको तयारीमा छौ । त्यसको लागि पनि ५० वर्षको तयारी गर्नुपर्ने हुन्छ । समाजवादसम्म पुग्न जनताको मन जित्दै जानुपर्छ ।’

पूर्व प्रधानमन्त्री दाहालले सशस्त्र युद्धको बेला राज्य र माओवादी दुबै पक्षबाट केही गल्ती भएको स्मरण गराउनु भयो । जनयुद्धको बेलामा हामीबाट पनि गल्ती नभएका हाेइन, कतिपय गल्ती भए । हामीबाट गल्ती भयो भनेर मैले त्यतिबेलै भनेके छु’ उहाँले भन्नुभयो, ‘चितवनकाे बादरमुढेमा जे घटना भयो, त्यो गल्ती भयो भनेर मैले तत्कालै विज्ञप्तिमा भनेको छु । त्यसबेला नै बीबीसीकाे अन्तरवार्ता समेत त्यसमा हाम्रो गल्ती भयो भनेको थिएँ ।’

अध्यक्ष दाहालले अपराध गर्नेले छुट नपाउने बताउनु भयो । ‘हामीले गरेका गल्ती इतिहासले खोतल खातल पार्छ । पानीको पानी, दुधको दुध नबनाएसम्म छोड्दैन उहाँले भन्नुभयो , ‘हामीले गरेका गल्तीलाई पनि छोड्दैन । राज्यले गरेका गल्तीलाई पनि छोड्दैन । चिहान खोतल्दै ल्याउँछ र अपराधीलाई कठघरामा उभ्याएरै छोड्छ । त्यसबाट हामीलाई केही पीडा होला । पीडा त हुन्छ नै । पीडा हुनु आँशु आउनु मानवीय संवेदना हो ।’ जनता समाचार बाट